काठमाडौं । जापानका लागि नेपालका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागिसकेको बताएका छन् ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले आफूमाथि लागेका पीआर र स्वार्थ बाझिने आरोपको खण्डन गर्दै जापानको पीआर त्यागेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको बताए ।
थापाका अनुसार जापानस्थित नेपाली दूतावासले त्यहाँको अध्यागमन विभागमार्फत पीआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ ।
