काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोमबार थापाथलीस्थित सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर स्वतन्त्र सांसद डा. महावीर पुनले अध्यादेशको विषयमा कुरै नबुझी समर्थन गरेको भन्दै टिप्पणी गरेका छन् ।

हालै सरकारले संसद् छलेर ल्याएको अध्यादेशको चौतर्फी विरोध भइरहेका बेला सांसद महावीर पुनले सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नुपर्छ, किचकिच नगरौ भन्दै सरकारको बचाउ गरेका थिए । पुनको सोही भनाइप्रति लक्षित गर्दै अध्यक्ष साम्पाङले सञ्चारकर्मीहरूसँगको कुराकानीमा असन्तुष्टि जनाएका हुन्। संसद्लाई बाइपास गरेर अध्यादेश ल्याउने कदमले विधिको शासनलाई कमजोर बनाउने भन्दै उनले बालेन शाह नेतृत्वको सरकारको समेत आलोचना गरे ।

महावीर पुनले विगतमा आफू मन्त्री हुँदा ऐन–कानुनको अभावमा काम गर्न नपाएको अनुभव सुनाउँदै अध्यादेशको समर्थन गरे पनि साम्पाङले त्यसलाई कुरा नबुझी गरिएको टिप्पणी भनेका छन् ।