काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुंगा सुरुङमार्ग आगामी साउन दोस्रो हप्ताभित्रै सञ्चालनमा ल्याउन निर्देशन दिएको छ। समितिका सभापति आशिष गजुरेलले आयोजनाको स्थलगत अनुगमन गर्दै कुनै पनि बहानामा काममा ढिलाइ नगर्न कडा निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा सभापति गजुरेलले आयोजनाले पटक-पटक भाका सार्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। आयोजनाले सुरुमा २०८२ माघको लक्ष्य राखे पनि पछि साउन दोस्रो हप्ताको समय तोकेको छ, उनले भने, आफैँ सीमा तोक्ने र फेरि ६ महिना पर धकेल्ने प्रवृत्ति अब स्वीकार्य हुँदैन। सुरुङमार्गको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्रको छनोट भइसकेको र कार्यविधि एवं टोल शुल्क (दररेट) समेत तय भइसकेको अवस्थामा सेवा सुरु गर्न अलमल गर्न नहुने समितिको ठहर छ।
सभापति गजुरेलले आयोजनाको तयारीमा देखिएका कमजोरी सुधार्दै तोकिएको समयमै यातायात सञ्चालन सुनिश्चित गर्न निर्देशन दिएका छन्।
