काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए । लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो । ‘लेखा समितिसहित संसद्का अरु समितिमा मिडिया राखेर छलफल हुनुपर्छ’, पुनले भने, ‘संसदीय समितिहरु सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शीता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’