काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्टियतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ र आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रुले सेवा लिएका छन् । अन्तर्राष्ट्रियतर्फ कुल २८ वायुसेवा कम्पनीले उडान अवतरण गरेको कार्यालयको तथ्यांक छ ।

कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ नेपालबाट १ लाख ९२ हजार १ सय ५५ यात्रु विदेश प्रस्थान गरेका छन् । १ लाख ८३ हजार ५ सय १ यात्रु नेपाल भित्रिएको विमानस्थल कार्यालयको तथ्यांक छ । यस अवधिमा कुल २ हजार ५ सय ६९ उडानरअवतरण भएका छन् । जसमध्ये १ हजार २ सय ८६ उडान र १ हजार २ सय ८३ अवतरण रहेको तथ्यांक छ ।

यस महिना अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी एयर अरेबिया रहेको छ ।