काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक ६ घण्टा ४५ मिनेट बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नति र रनवे विस्तारका लागि उडान-अवतरण गर्ने समयमा थप कटौती गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, वैशाख ७ गतेदेखि आगामी जेठ ४ गतेसम्म विमानस्थल हरेक राति ११ बजेर ४५ मिनेटदेखि भोलिपल्ट बिहान ६ बजेर ३० मिनेटसम्म पूर्ण रूपमा बन्द रहनेछ। यसअघि विमानस्थल राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्र बन्द हुने गरेको थियो।

विमानस्थलको दक्षिणतर्फको ट्याक्सी-वे र ह्याङ्गर क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने भएकाले बन्द हुने समय १ घण्टा ४५ मिनेट थप गरिएको हो