काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिंह थारू, मोरङका जीवन धामीलाई मनोनित गरेको हो। त्यस्तै बैठकले कैलाली प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई पनि संघीय नेतृत्व मञ्च सदस्य मनोनीत गरेको छ।