काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले लेबी परिमार्जन गर्ने निर्णय गरेकोमा आज भएको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन निर्णय अनुमोदन गरेको हो । सांसदहरूको लेवी १५ हजार कायम भएको छ। यसअघि सांसदहरूको लेवी १६ हजार ५०० थियो। मन्त्रीहरूको १८ हजार कायम भएको छ भने स्वकीय सचिवको २ हजार कायम गरिएको छ ।