काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् । सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको र विवादास्पद व्यवसायीसँग सम्बन्ध देखिएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री शाहलेले स्पष्टीकरण लिएका हुन् ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरूङको कनेक्सन जोडिएको विषय अहिले चर्चामा छ। गृहमन्त्रीले भट्टको कम्पनीबाट सेयर खरिद गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्रीको सचिवालयले यसबारे गम्भीर चासो व्यक्त गरेको थियो। सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन्।
