गृह मन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । विगत केही समयदेखि आफ्नो शेयर स्वामित्वलाई लिएर नागरिकस्तर र सञ्चारमाध्यममा उठेका प्रश्न र टिप्पणीहरूपछि उनले नैतिकताु लाई मुख्य आधार बनाउँदै पद त्याग्ने घोषणा गरेका हुन्।
२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले आज आफ्नो राजीनामाको घोषणा गरेका हुन् । सामाजिक सन्जालमा  उनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने र नेतृत्व सधैँ उत्तरदायी हुनुपर्ने उल्लेख गरेका छन् । राजीनामा दिँदै मन्त्री गुरुङले भनेका छन्, ूमेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन ।

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व  नदेखियोस् भन्नका लागि मैले राजीनामा दिएको छु । उनले पछिल्लो समय देशमा सुशासन र पारदर्शिताको माग गर्दै उठिरहेको genz आन्दोलनको भावनालाई समेत सम्मान गर्दै यो निर्णय लिएको बताएका छन् । ४६ जना सहिदहरूको रगत र बलिदानीको जगमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिकताबाटै दिनुपर्ने उनको जिकिर छ ।