काठमाडौं । केही दिनयता तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावित भएको छ ।

आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर चल्ने पूर्वानुमान छ । विभागका अनुसार आज कर्णाली प्रदेशबाहेक ६ वटै प्रदेशका तराई तथा उपत्यकाका खोँचहरुमा तातो दिन हुने प्रक्षेपण छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहरको पनि सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागले तातो लहरले स्वास्थ्यमा असर पर्ने भएकाले घामबाट जोगिन र अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

यस्तो छ तापक्रम पूर्वानुमान :