काठमाडौं । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । मेघगर्जन र चट्याङसहित ‘मध्यम’सम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“हाल कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको महाशाखाको सूचनामा उल्लेख छ । काठमाडौंमा पनि वर्षा भइरहेको छ । देशमा हाल पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भू-भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।

पानी पार्ने यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । “उक्त प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन,” महाशाखाले भनेको छ ।