काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

आज बसेको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै संसद् अधिवेशन आह्वान गरेलगत्तै स्थगित गरेर अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएको जनाएका हुन्। सिफारिस भएको अध्यादेश तत्काल फिर्ता लिन र संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। संसद् छल्ने उद्देश्यले ल्याइएको अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह समेत गरेको छ।