काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित तीन उच्च पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहलाई सम्बोधन गर्दै उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले राजीनामा बुझाएका हुन्। रेक्टर केसीका अनुसार बिहीबार नै पत्रमार्फत राजीनामा पठाइएको हो। सरकारले विश्वविद्यालयका पदाधिकारी तथा राजनीतिक नियुक्ति प्राप्त अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा निरन्तर बसिरहन उपयुक्त नलागेकाले राजीनामा दिएको उनले बताएका छन्।

तीमध्ये उपकुलपति अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका थिए भने रेक्टर केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा नियुक्त भएका हुन्।