काठमाडौं । रोल्पामा तीर्थयात्री सवार एउटा जीप दुर्घटना भएको छ । रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीथयात्री बोकेर गएको जीप बिहीबार (वैशाख १७) दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी गराएको छ । प्रहरीका अनुसार, जीप करिब ८०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाइतेको उद्धार कार्य जारी छ । जीपमा कतिजना सवार थिए भन्ने खुल्न बाँकी रहेको रोल्पाका प्रहरी निरीक्षक सुनील थापाले बताए ।