पछिल्लो समय पश्चिम एसियामा बढ्दै गएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन संकट गहिरिएको भन्दै पेट्रोलियम पदार्थको मूल्य हरेक १५ दिनमा बढिरहेको छ ।नेपालमा भारतीय आयल निगम (आईओसी)ले पठाउने मूल्यसूची अनुसार नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली अपनाउँदै उपभोक्ताका लागि इन्धनको मूल्य तोक्ने गरेको छ ।
हाल काठमाडौंमा हवाई इन्धनको शुल्क अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार ७ सय ८५ डलर र आन्तरिकतर्फ २ सय ६२ रुपैयाँ प्रतिलिटर पुगेको छ।पश्चिम एसियाको तनावकै कारण गत चैत १७ अगाडि प्रति किलोलिटर ९ सय ६६ डलर रहेको अन्तर्राष्ट्रियतर्फको इन्धनको मूल्य हाल १ हजार ७ सय ८५ डलर पुगेको हो । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १ सय २४ रुपैयाँबाट बढेर वैशाख ३ सम्म आइपुग्दा २ सय ६२ रुपैयाँ पुगेको छ।हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक र बाह्य उडानका वायुसेवालाई नियमित उडानमा भन्दा पनि ‘होल्ड’ हुँदा खपत हुने इन्धनले तनाव दिएको छ ।
काठमाडौंमा उडान तथा अवतरण गर्ने वायुसेवाहरू एयर ट्राफिकका कारण हरेकजसो उडानमा २० मिनेटदेखि आधा घण्टासम्म ‘होल्ड’ हुने गरेका छन् ।
