काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।
अनधिकृत रूपमा पार्टीको लेटरप्याड प्रयोग गर्दै विज्ञप्ति जारी गरेको आरोपमा खड्कासँग ७ दिने स्पष्टीकरण माग गरिएको हो। समितिले तोकिएको समयमा जवाफ नआएमा विधानअनुसार थप कारबाही हुने चेतावनी दिएको छ।
यसअघि पनि उनलाई सचेत गराइएको थियो, तर पुनः सोही कार्य दोहोरिएपछि स्पष्टीकरण सोधिएको समितिको भनाइ छ।
खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै विभिन्न राजनीतिक घटनाप्रति प्रतिक्रिया दिएका थिए, जसले पार्टीभित्र विवाद बढाएको छ।
