काठमाडौँ । पासपोर्टमा ‘रोजगार निषेध’ लेख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत कारवाहीमा परेका छन् । युएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगार निषेध’ लेख्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको विभागले जनाएको छ । त्यस्तै विभागले सो विषयमा छानबिन गर्न समिति पनि गठन गरेको छ ।
