काठमाडौँ । नेकपा एमालेका प्रचार सामाग्रीबाट अध्यक्ष केपी शर्मा ओलीलाई हटाइएको छ । । पछिल्लो समय एमालेले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्न छाडेको हो । निर्वाचनमा समेत एमालेका उम्मेदवारहरूले आफ्नो प्रचार सामाग्रीमा अध्यक्ष ओलीको तस्बिर राखेका थिएनन् ।
यस्तै एमालेले भोलि (बुधवार) कम्युनिस्टको पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रमको प्रचार सामाग्रीमा पनि अध्यक्ष ओली गायब छन् । एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा ओलीको तस्बिर देखिएको छैन ।
पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यसँगै एमालेका पूर्व महासचिव मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीको मात्र तस्बिर छ। एमालेले यसअघिका सबैजसो प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर राख्ने गरेको थियो।
