काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहासको समग्र समीक्षा हुनुपर्ने बताएका छन् । साथै उनले कम्युनिस्ट पार्टीका संस्थापक चार जना हो कि ५ जना भन्नेमा पनि छलफल हुनुपर्ने बताए ।

बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले हेर्दा हेर्दा कम्युनिस्ट आन्दोलन ओरालो लागेको भन्दै पछिल्लो निर्वाचनमा कम्युनिस्टहरूले ठुलो धक्का खाएको बताए । कहाँ भए समस्या र कमजोरी यसका बारेमा खुला छलफल गर्नुपर्नेछ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ७७ वर्षको कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गर्नुपर्ने बेला भएको बताएका हुन् ।