काठमाडौंँ । सरकारले सुकुम्बासीका नाममा अतिक्रमित भूमि खाली गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्रिपरिषद्ले कुनै पनि निर्णय नगरेको जानकारी दिएका हुन् । उनले भने, अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्तिपरिषदमा केही निर्णय भएको छैन ।
यसअघि प्रधानमन्त्री बालेन शाहले आगामी आइतबारसम्म संघीय राजधानी काठमाडौंसहित मुख्य सहरका नदी किनाराका अतिक्रमित बस्ती हटाउन निर्देशन दिएको चर्चा चलेको थियो । मन्त्री पोखरेलले त्यसबारेमा कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन्
