काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिने १७ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ। बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता देशको नागरिकता लिएको पुष्टि भएपछि काउन्सिलले यो निर्णय गरेको हो।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० र नागरिकता ऐन २०६३ अनुसार, नेपाली नागरिकका रूपमा दर्ता भएका डाक्टरले विदेशी नागरिकता लिएमा उनीहरूको दर्ता स्वतः अवैध हुन्छ। नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा.रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा.मेरिना गुरुङ, डा.निरन्जन देव पाण्डे, डा.रोजन केसी, डा.ममता गुरुङ, डा.राजिब हमाल र डा.सलुजा सिंह थारू रहेका छन् ।
त्यसैगरी डा.सुजना के.सी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा.दिपेन ढकाल र डा.तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ ।

