काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) कोसी प्रदेशसहित कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया अनि लुम्बिनी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ।

कोसी प्रदेशका एक -दुई स्थानमा मध्यमसम्म वर्षारहिमपात भइरहेको छ। मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ। अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा भने तातो दिन हुने सम्भावना छ।

यस्तै आज राति कोशी , मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षारहिमपात हुने सम्भावना छ।