काठमाण्डौँ । सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले कडा आपत्ति जनाएका छन्। सरकारले संवैधानिक परिषद् र सहकारी समस्या समाधान सम्बन्धी दुई अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कहाँ पठाएपछि प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्।

संसद बैठक बस्ने तयारी भइरहेका बेला बैठक स्थगित गरेर अध्यादेश ल्याउनुलाई उनले लोकतन्त्र र जनमतको अपमान भएको बताएका छन्। हिजोका दिनमा अध्यादेशको विरोध गर्नेहरू नै अहिले सत्तामा पुगेपछि उस्तै चरित्रमा देखिएको भन्दै उनले सबै कानै चिरेका जोगी भएको टिप्पणी गरेका छन्।