काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । नेपालले एक खेलाडी परिवर्तन गरेको छ। ललित राजवंशीलाई विश्राम दिँदा गुलशन झालाई मौका दिइएको छ ।
