काठमाडौँ । सरकारले नदी किनारका बस्ती हटाएपछि विरोधमा उत्रिएको अखिल नेपाल सुकुम्बासी संघले आम हडतालसम्मको आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । नेपाली कम्युनिस्ट पार्टीनिकट संघले बिहीबार पत्रकार सम्मेलन गरी आम हडतालसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघका अध्यक्ष अमर परियारले जानकारी दिए ।
संघले प्रधानमन्त्री वालेन्द्र शाहलाई पदबाट हटाउनेसम्मका माग राखेका छन् । पहिलो चरणमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई संघर्षको कार्यक्रम र कार्यतालिकाबारे जानकारी गराई पार्टीका सबै प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूमार्फत् यसको कार्यान्वयनका लागि अनुरोध गर्ने संघले जनाएको छ ।
