काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

श्रेष्ठ प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए । यसअघि प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य थिए । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बमोजिम प्राधिकरणका कार्यकारी निर्देशक शाक्य पदमुक्त भएका थिए ।