काठमाडौँ । सांसद सुशीला ढकालले महिलाहरूले घरभित्र गर्ने श्रमको मूल्य तोकिनुपर्ने बताइन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस सन्दर्भमा विशेष नीति ल्याउनुपर्ने बताइन् ।

घरेलु श्रममा लागेका महिलाहरूको श्रमको मूल्याङ्कन गर्न यो सरकारले विशेष नीति ल्याउनुपर्छ, ढकालले भनिन् । उनले बाझो जमिन र जङ्गलको सदुपयोग गरेर देशको आयस्रोत बढाउनुपर्नेमा जोड दिइन्। साथै नयाँ आयोजना थप्नुभन्दा पुराना र अलपत्र परेका आयोजनाहरू पूरा गर्न सरकारलाई सुझाव दिइन् । उनले बिर्तामोड-बङ्गलादेश जोड्ने सडक र हुलाकी मार्ग जस्ता पूर्वाधारहरूलाई पूर्णता दिन माग गरिन् ।